दफा १४
सम्झौतामा खुलाउनु पर्ने कुराहरु
सम्झौतामा देहायका कुराहरु खुलाउनु पर्नेछ ः–
(क) परियोजनाको विवरण,
(ख) परियोजना कार्यान्वयन शुरु गर्ने मिति र सम्पन्न गर्ने मिति,
(ग) परियोजनाको निर्माण वा सञ्चालन गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिले पाउने सुविधा तथा सहुलियत सम्बन्धी कुरा,
(घ) अनुमतिपत्रको अवधि,
(ङ) परियोजना कार्यान्वयनको चरणवद्ध विवरण र कार्यान्वयन तालिका,
(च) परियोजनाको प्राविधिक गुणस्तर तथा स्टाण्डर्ड,
(छ) परियोजना सञ्चालन सम्बन्धी विवरण,
(ज) परियोजना लिजमा दिइएको भए सोको विवरण र लिजका शर्तहरु,
(झ) परियोजनाको सञ्चालन वा हस्तान्तरणको शर्त,
(ञ) परियोजना सञ्चालन गर्दा उपभोक्तासँग लिन पाउने शुल्क सम्बन्धी व्यवस्था,
(ट) परियोजनाको बीमा सम्बन्धी व्यवस्था,
(ठ) परियोजनामा जडित मेशिन तथा परियोजना हस्तान्तरणका बखत हुनु पर्ने अवस्था र गुणस्तर,
(ड) नेपाल सरकारलाई बुझाउनु पर्ने रोयल्टी र भुक्तानी विधि,
(ढ) परियोजना कार्यान्वयन गर्दा कुनै पक्षले सम्झौता बमोजिमको दायित्व पूरा नगरेको कारणबाट सम्झौता रद्द हुने अवस्था,
(ण) अन्य आवश्यक कुराहरु ।